ad ad

राजनीति


लन्डनस्थित म्यान्मारको दूतावासमा राजदूतलाई नै प्रतिबन्ध, यस्तो छ कारण

लन्डनस्थित म्यान्मारको दूतावासमा राजदूतलाई नै प्रतिबन्ध, यस्तो छ कारण

नेपालखबर
चैत २६, २०७७ बिहिबार ६:२३,

राजदूत क्व जो मिनलाई त्यहाँका सैनिक सहचारीले राजदूतावासमा प्रवेश गर्न निषेध गरेको बीबीसीले जनाएको छ।

सैनिक सहचारीले राजदूत मिनसहित अन्य कर्मचारीहरूलाई राजदूतावासबाट निस्किन निर्देशन दिएको र उनीहरु देशको प्रतिनिधि नरहेको बताएका हुन्।

मिनका अनुसार अब उनी पनि म्यान्मारका प्रतिनिधि होइनन्।

म्यान्मारमा सेनाले गत फेब्रुअरी १ यता देशको शासन आफ्नो हातमा लिएका छन्। म्यान्मारका नागरिकसँगै लन्डनको महावाणिज्य दूतावासका लागि राजदूत रहेका क्व जो मीनले पनि सैन्य शासनको विरोध गर्दै लोकतान्त्रिक नेत्री आङ साङ सुचीको रिहाइको माग गरेका थिए।

Myanmar coup: Mass protests defy military and gridlock Yangon - BBC Newsम्यान्मारमा लोकतन्त्र पुनर्स्थापनका लागि प्रदर्शन जारी छ।

लन्डनमा रहेर सैन्य शासनको विरोध गरेपछि उनलाई दूतावास छिर्न नदिएको हो। उनको पद नै जुन्ता शासकले खोसिदिएको अवस्था छ।

सेनाले यसअघि नै उनले अनधिकृत टिप्पणी गरेका कारण फिर्ता बोलाइने जानकारी दिएको थियो।

सैन्य कूविरुद्धको प्रदर्शनमा म्यान्मारका हालसम्म ५०० जनाभन्दा बढी सर्वसाधारणहरूको ज्यान गइसकेको छ। तीमध्ये दर्जनौँ बालबालिका पनि छन्।

दूतावासमा प्रवेश गर्न रोकिएको घटनालाई मिनले लन्डनकै बीचमा एक प्रकारको कू भएको बताएका छन्।

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

म्यान्मारमा बुबाको काखमै रहेकी बालिकामाथि गोली प्रहार!

म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा बढ्दै हिंसा, सुरक्षाकर्मीले मारे बच्चासहित एकैदिन ९० भन्दा बढी प्रदर्शनकारी

म्यान्मारका जनतामाथि सेनाको हवाई कारवाही, बम आक्रमणपछि ३ हजार थाइल्यान्ड भागे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .