ad ad

राजनीति


कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज

नेपालखबर
चैत ३०, २०७७ सोमबार ४:३९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बस्दै छ।

कांग्रेस नेताहरूका अनुसार बैठक दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

आइतबार बसेको पदाधिकारी बैठकले आजका लागि एजेन्डा तय गरेको थियो।

बैठकमा पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने नेताहरूले बताएका छन्। क्रियाशील सदस्यता वितरण, नवीकरण र समायोजनबारे आज छलफल हुनेछ।

यसअघि यही चैत २० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .