ad ad

राजनीति


गुल्मीमा अटो दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

गुल्मीमा अटो दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

नेपालखबर
बैशाख १, २०७८ बुधबार ११:४४,

गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

दुर्घटनामा गुल्मी सत्यवती गाँउपालिका–२ की ३० वर्षीया तारा राधी थापाको घटनास्थलमै मृत्यु भएको छ।

सोही स्थानका ३० वर्षीया मिना राधी, ३९ वर्षीया संगिता राधी, २५ वर्षीया बबीता तारामु र २३ वर्षीय ग्ल्याक्स तारामु घाइते भएका छन्।

बुधबार दिउँसो भएको दुर्घटनामा गुल्मी सत्यवती गाउँपालिका–३ दानसिङमा ठुलो लुम्पेकदेखि सत्यवती देवी मन्दिर दर्शन गर्नको लागि जाँदै गरेका यात्रु चढेको अटो दुर्घटना भएको हो।

लु २ स ००९९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट २५० मिटर तल खसेको गुल्मी प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको छ। प्रहरीका अनुसार चारै जनाको अवस्था गम्भीर छ भने अटो चालक फरार छन्।

इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायव निरीक्षक लक्ष्मण बिकको कमाण्डमा ७ जनाको टोलि घटनास्थलमा पुगेको छ।

यो पनिः 
प्युठान दुर्घटना अपडेटः मृतकको संख्या ५ पुग्यो, ११ घाइते (विवरणसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .