ad ad

राजनीति


म प्रधानमन्त्री पदका लागि लालायित छैनः शेरबहादुर देउवा

म प्रधानमन्त्री पदका लागि लालायित छैनः शेरबहादुर देउवा

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ७:२६,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन्।

आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन्।

तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने बताए।

नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निउ नखोज्ने पनि सभापति देउवाले बताए।

आफूहरु प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने पनि बताए।

उनले भने, ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिएको छैन। त्यसमानेमा अहिले बहुमतकै सरकार छ। बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन। त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ। बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन।’

सभापति देउवाले प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री पदको लागि लालायित नरहेको स्पष्ट पारे।

‘तर राजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौँ’, उनले भने।

सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास पनि सभापति देउवाले व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .