ad ad

राजनीति


संसदलाई घेराबन्दी गरियो : सभामुख सापकोटा

संसदलाई घेराबन्दी गरियो : सभामुख सापकोटा

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १०:१४,

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमाथि घेराबन्दी गरिएको बताएका छन्।

संसदलाई जनमूखी बनाउन थालेपछि घेराबन्दी गरिएको र बिभिन्न अभिव्यक्ति आउने गरेको उनले बताए।

यसलाई कुनै व्यक्ति वा अधिकारीबीचको टक्करको रुपमा लिन नहुने र यो प्रवृत्तिबीचको टक्कर भएको उनको भनाइ छ। यो टक्कर दृष्टिकोणमा र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित भएको उनले बताए।

सापकोटाले अहिलेको टक्कार संविधानको रक्षा गर्ने कुरासँग पनि सम्बन्धित रहेको बताए।

‘भन्नेले के भनेको छ, मैले वास्ता गरेको छैन, मैले लुरुलुरु काम गरेको छु,’ आइतबार आयोजित पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण कार्यक्रममा उनले भने ‘मैले देश र जनताका विपक्षमा केहि गरेको छैन।’

उनले अहिले पनि संघीय संसदमाथि घेराबन्दी भइरहेको बताए। कसले घेराबन्दी गरेको हो भन्ने भने उनले खुलाएनन्।

उनले आफूले कसैको दबाव, प्रभावबिना स्वतन्त्रतापूर्वक काम गरेको पनि बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीसम्बन्धी सम्झौतालाई संसदबाट अनुमोदन गर्नुपर्नेमा सभामुख सापकोटाले रोकेर राखेको आरोप लगाएको भोलिपल्टै उनले सो अभिव्यक्ति दिएका हुन्।

अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सहायता लिने सम्झौतामा उल्लेखित केहि प्रावधानहरुको पार्टीहरु भित्रैबाट चर्को विरोध भएपछि संसदमा निर्णयार्थ प्रस्तुत हुन सकेको छैन।

सो सम्झौता संसदबाट अनुमोदन हुन नसक्दा अमेरिकाबाट नेपाललाई प्रदान गर्ने भनिएको ५० करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता अहिले रोकिएको छ।

यो पनि:
‘सभामुखले दुई वर्षदेखि एमसीसी रोक्नुभयो, अब वैशाख ७ अघि नै निर्णय जे गर्ने हो सदनले गर्छ’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .