ad ad

राजनीति


सर्लाहीमा एमालेले गर्‍यो कांग्रेसका नेतालाई सम्मान

सर्लाहीमा एमालेले गर्‍यो कांग्रेसका नेतालाई सम्मान

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ३:४,

सर्लाहीमा १५औं लोकतन्त्र दिवसका अवसरमा नेकपा एमालेले नेपाली कांग्रेसका एक जना पाका नेतालाई सम्मान गरेको छ।

लोकतन्त्रका लागि लडेका सहिदका परिवार, घाइते तथा अपांगप्रति उच्च सम्मान प्रकट गर्ने क्रममा एमाले जिल्ला कमिटीले लोकतन्त्रका संवाहक भन्दै कांग्रेसका पुराना नेता वासुदेवशरण कोइरालालाई शनिबार दोसल्ला ओढाएर सम्मान गरेको हो।

लोकतन्त्र दिवसका उपलक्ष्यमा जुटपानीस्थित पद्म–भुवनेश्वरी नमुनना वृद्ध सेवाश्रममा आश्रित वृद्धवृद्धालाई फलफूल वितरण गर्दै वृद्धाश्रमका संरक्षकसमेत रहेका कांग्रेसका वयोवृद्ध नेता कोइरालालाई सम्मान गरिएको एमाले जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए।

कोइराला बीपी कोइरालाका सहपाठीसमेत हुन्। दल अलग भए पनि लोकतन्त्रका संवाहक भएकाले कांग्रेस नेता कोइरालासहित उनकी धर्मपत्नी मञ्जुलाई समेत सम्मान गरिएको उनले बताए।

१५औं लोकतन्त्र दिवसका अवसरमा एमाले जिल्ला कमिटीले जनआन्दोलनका बेला सर्लाहीका नागरिकले खेलको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दै विज्ञप्ति पनि जारी गरेको छ।

umllok

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .