ad ad

राजनीति


प्रधानमन्त्रीलाई कमल थापाको आग्रह: उद्घाटन/शिलान्यास रोक्नुस्, कोरोना नियन्त्रणमा ध्यान दिनुस्

प्रधानमन्त्रीलाई कमल थापाको आग्रह: उद्घाटन/शिलान्यास रोक्नुस्, कोरोना नियन्त्रणमा ध्यान दिनुस्

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ०:५,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले अन्य काम छाडेर कोरोना महामारी नियन्त्रणका ध्यान केन्द्रित गर्न अनुरोध गरेका छन्।

कोरोना अनियन्त्रित र विकराल बन्दै गएकाले जनता सहयोग र भरोसाको खोजमिा रहेकाले यस विषयमा प्रधानमन्त्री आफैं सक्रिय हुन आवश्यक भएको अध्यक्ष थापाले बताएका छन्।

‘केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दछु,’ थापाले सामाजिक सञ्जालतर्फत भनेका छन्, ‘कोरोना अनियन्त्रित र विकराल बन्दैछ। यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन्। दुःखको बेला जनता भरोसा खोजिरहेछन्।’

यो पनि : कोरोनाका कारण अस्पताल बन्द हुँदै गर्दा दिनहुँ भीड जम्मा गर्दै हिँडिरहेछन् प्रधानमन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .