ad ad

समाज


दिल्लीको घटनाः पति नभएको मौका पारी डेरावाल महिलाको कोठामा पसे, सम्बन्ध राख्न नमानेपछि घाँटी रेटे

दिल्लीको घटनाः पति नभएको मौका पारी डेरावाल महिलाको कोठामा पसे, सम्बन्ध राख्न नमानेपछि घाँटी रेटे

नेपालखबर
बैशाख १२, २०७८ आइतबार १७:९,

भारतको दिल्लीमा आफूसँग यौन सम्बन्ध राख्न नमानेपछि घरमालिकका छोराले डेरावाल महिलाको हत्या गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको मंगोलपुरी क्षेत्रमा घटना भएको हो। प्रहरीले आरोपितलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ।

प्रहरी अधिकारीका अनुसार २५ वर्षीया दिव्या आफ्ना पतिका साथ मंगोलपुरीस्थित वाई ब्लकको एक घरको तेस्रो तलामा बस्थिन्, भाडामा। उनका पति ज्योति मुन्डकास्थित एक कारखानामा काम गर्छन्। कामको सिलसिलामा उनी ४ दिन कोठामा आएनन्।

भारतीय सञ्चारमाध्यमका अनुसार जब शनिबार घर फर्के, तब आफ्नी श्रीमतीलाई कोठाभित्रै मृत फेला पारे। महिलाको घाँटी रेटेर हत्या गरिएको थियो। जानकारी पाएपछि घटनास्थल पुगेर प्रहरीले शव नियन्त्रणमा लिएको छ।

अनुसन्धान क्रममा प्रहरीले घरमालिकको छोरा २९ वर्षीय कन्हैयालाई गिरफ्तार गरेको छ। बयानका क्रममा उनले आफूले महिलासँग यौन सम्बन्ध राख्न चाहेको तर उनी राजी नभएपछि जबर्जस्ती गर्न खोजेको बताएका छन्। तर पनि उनले विरोध गरेपछि आफूले धारिलो हतियारले हानेर महिलाको हत्या गरेको ती युवकले स्वीकार गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .