ad ad

राजनीति


प्रदेश २ : तीनजना कर्मचारीलाई संक्रमण भएपछि प्रदेशसभा बैठक स्थगित

प्रदेश २ : तीनजना कर्मचारीलाई संक्रमण भएपछि प्रदेशसभा बैठक स्थगित

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १४:४५,

प्रदेश २ प्रदेशसभा सचिवालयका तीनजना कर्मचारीलाई कोरोना संक्रमण भएपछि प्रदेशसभा बैठक स्थगित भएको छ।

वैशाख १४ गते बस्न तय भएको प्रदेशसभाको पाँचौ अधिवेशनको तेश्रो वैठक अर्को सूचना जारी नहुञ्जेलसम्मको लागि स्थगित भएको सचिवालयका निमित सचिव रञ्जित यादवले जानकारी दिए।

उनका अनुसार चारदिन अघि सचिवालयका केही कर्मचारीहरुले परीक्षको लागि स्वाब दिएका थिए। आइतबार तीनजना कर्मचारीको रिर्पोट पोजटिभ आएको हो।

तीन कर्मचारीलाई नै कोरोना संक्रमण भएकाले जोखिम नलिन प्रदेशसभा बैठक स्थगित गरिएको उनले बताए।

सोमबार प्रदेशसभा सचिवालयका अन्य कर्मचारीहरुले कोरोना परीक्षणका लागि स्वाब दिएका छन्।

लामो समय पश्चात प्रदेशसभाको पाँचौ अधिवेशन चैत ३० गतेदेखि सुरु भएपछि प्रदेश २ को स्थायी राजधानी र नामको लागि प्रक्रिया अघि बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .