नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता माइला लामा रिहा भएका छन्।
नेता लामालाई संखुवासभा अदालतले बिहीबार २५ हजार धरौटीमा रिहा गरेको हो।
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच गत फागुन २१ गते तीनबुँदे सहमति भएपनि लामा लगायतका कतिपय नेता कार्यकर्ताहरु जेलमै थिए।
सरकारले सहमति पालना नगरेपछि आफैँ धरौटी बुझाएर लामा रिहा भएको नेकपा स्रोतले जनाएको छ।
विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइलासहित १० नेता कार्यकर्ता एक वर्ष भन्दाबढी समयदेखि जिल्ला कारागार खाँदबारीमा थिए।
3
Shares
प्रतिक्रिया