ad ad

राजनीति


प्रधानमन्त्रीको स्वार्थ छताछुल्ल भयो : भीम रावल

प्रधानमन्त्रीको स्वार्थ छताछुल्ल भयो : भीम रावल

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार १४:७,

नेकपा एमालेका नेता भीम रावलले भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुसखँग गोप्य भेटवार्तादेखि गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव घटनासम्म आइपुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता–स्वार्थ प्रवृत्ति छताछुल्ल भएको दाबी गरेका छन्।

यो पनि : माओवादी केन्द्रले भन्यो : संवैधानिक निकायमा गरिएका पछिल्ला नियुक्तिको संसदीय सुनुवाइ गरौं

प्रधानमन्त्री निवास (बालुवाटार) मै विदेशी गुप्तचरसँग गोप्य मन्त्रणा, प्रतिनिधि सभा विघटन, संवैधानिक परिषदमा मनपरी र गण्डकी प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्तावमा गरिएको खेलसम्मले प्रधानमन्त्री ओली राजनीतिलाई अस्थिर, अन्योलग्रस्त र विकृत तुल्याई सत्ता–स्वार्थमा लिप्त छन् भन्ने प्रस्ट भएको आरोप रावलले लगाएका हुन्।

यो पनि : संसद् विघटन बदर गर्ने यसरी गरियो घोषणा (फैसलाको पाठ/अडियो)

शुक्रबार सामाजिक सञ्जालमा नेता रावलले लेखेका छन्, ‘राजनीतिलाई अस्थिर, अन्योलग्रस्त र विकृत तुल्याई सत्ता–स्वार्थ पूर्ति गर्ने प्रम केपी ओलीको पदलोलुप प्रवृत्ति विदेशी गुप्तचरसँग गोप्य मन्त्रणा, प्रतिनिधि सभाको विघटन, संवैधानिक परिषदमा मनपरी र गण्डकी प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव सन्दर्भका घटनामा छताछुल्ल भएको छ।’

यो पनि : ‘सांसद बेपत्ता’ प्रकरणमा ३ दलले उठाए ८ प्रश्न, राखे ३ माग (वक्तव्य)

यो पनि : राति बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर रअका प्रमुख गोयल दिल्ली फर्किए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .