विदेशमन्त्री टियोडोरो लकसिनका अनुसार दक्षिण चीन सागरको आफ्नो विशेष आर्थिक क्षेत्रमा चीनका सयौं डुंगाहरु घुसेका छन्। चिनियाँ डुंगाहरु सो क्षेत्रमा देखिनु अवैधानिक कार्य हो।
ट्विटरमा लकसिनले ती डुंगाहरु चीनले तत्काल हटाउनुपर्ने चेतावनी दिएका हुन्। चीनको रबैयाकै कारण फिलिपिन्स र चीनको सम्बन्ध बिग्रिएको उनको आरोप रहेको छ।
साथै चीनका तटरक्षकले फिलिपिन्सका जहाजहरुलाई चुनौती दिएको समेत फिलिपिन्सको विदेशमन्त्रालयको भनाइ छ।
विदेशमन्त्री लकसिनले चीनलाई उसका डुंगाहरु फर्काउन र सम्बन्ध बिग्रनुमा चीन जिम्मेवार रहेको बताइरहँदा मनिलास्थित चीनको दूतावासले कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाउको छ।
गत महिना मात्र दक्षिण चीन सागरस्थित आफ्नो समुद्री क्षेत्रमा चीनका दुई सय डुंगा घुसेको भन्दै फिलिपिन्सले आपत्ति जनाएको थियो।
हालसम्म पनि चीनका डुंगा आफ्नो क्षेत्रमा नगएपछि फिलिपिन्सका विदेशमन्त्री भड्किएका हुन्।
फिलिपिन्सले चीनलाई तत्काल उसको २ सय २० डुंगा हटाउन आग्रह गर्दा चीनले मौसम खराब भएकाले डुंगाहरु त्यहीँ बसेको प्रतिक्रिया दिएको थियो।
तर फिलिपिन्सका रक्षामन्त्री डेल्फिन लोरेन्जनाले मौसम सफा भइसक्दासमेत डुंगाहरु फर्किएका छैनन्।
चीनका ती डुंगाहरु माछा मार्ने प्रयोजनका लागि प्रयोग भएको चीनको भनाइबीच फिलिपिन्सले त्यहाँ हतियारसहितका लडाकुहरु भएको बताएका छन्।
फिलिपिन्सको समुद्री क्षेत्रनजिक चीनका सयौं डुंगाहरु आएपछि नै फिलिपिन्सले पनि चीनले दाबी गर्ने जलक्षेत्रमा आफ्नो सेना पठाएको छ।
विवादित जलक्षेत्रमा सैन्य जहाजहरु पठाएसँगै त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्तेले दक्षिण चीन सागरबाट आफूले सेनाहरु नफर्काउने चीनलाई चुनौती दिएका छन्।
देशको सार्वभौमिकताको विषयमा कुनै सम्झौता र छलफल नहुने बताउँदै डुटेर्तेले चीनबाट आफूहरुले कुनै किसिमको समस्या र युद्ध नचाहेको बताएका छन्।
चीनसँगै दक्षिण चीन सागरमा फिलिपिन्सले दाबी प्रस्तुत गर्दै आएको छ त्यसकारण आफ्नो अधिकारको लागि भन्दै उसले त्यहाँ सेना पठाएको हो।
कोरोना प्रकोपबीच चीनबाट फिलिपिन्सले धेरै सहयोग प्राप्त गरेको थियो। तर अहिले चीनले उसका डुंगाहरु फिलिपिन्सले दाबी गर्ने जलक्षेत्रमा पठाएपछि उ र फिलिपिन्सबीचको सम्बन्ध बिग्रिएको छ।
याे पनि: चीनले दाबी गर्ने सागरमा फिलिपिन्सले सैन्य जहाज पठाउने, डुटेर्तेले भनेः रक्तपात निम्तिनेछ
– आफ्नो समुद्री क्षेत्रमा दुई सय चिनियाँ डुंगा घुसेको भन्दै फिलिपिन्स बन्यो रुष्ट
– चीनले दाबी गर्ने सागरबाट सेना नफर्काउने फिलिपिन्सको भनाइ, भन्योः युद्ध चाहँदैनौं
– फिलिपिन्सको आरोपः बेइजिङ दक्षिण चीन सागरको धेरै क्षेत्र कब्जा गर्न चाहन्छ
– चीनले दाबी गर्ने सागरमा फिलिपिन्स र अमेरिकाद्वारा युद्ध अभ्यास गर्ने घोषणा
Shares
प्रतिक्रिया