संवैधानिक परिषद्ले लोकसेवा लगायतका संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेको छ।
आज आइतबार बसेको तीन सदस्यीय बैठकले संवैधानिक आयोगहरुमा रहेका केहि रिक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको हो।
‘केही रिक्त पदमा नियुक्तिका लागि सिफारिस भएको छ,’ संवैधानिक परिषद् स्रोतले नेपालखबरसँग भन्यो।
तर उनले नाम लगायतका विवरण उल्लेख गर्न चाहेनन्।
संवैधानिक परिषद्का सदस्य रहने सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको बहिष्कारका बीच सो बैठक बसेको हो।
बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओली, सदस्यहरू प्रधानन्यायाधीश राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना सहभागी थिए।
यो पनिः
- बहिष्कारबीच संवैधानिक परिषदको बैठक
- प्रधानमन्त्रीलाई माओवादी केन्द्रको आग्रह : संवैधानिक परिषदको बैठक रोक्नुस्
6
Shares
प्रतिक्रिया