ad ad

राजनीति


राजीनामा दिन लागेका एमाले सांसदलाई ओलीको आग्रहः हतारोमा अनुचित निर्णय नगर्नू

राजीनामा दिन लागेका एमाले सांसदलाई ओलीको आग्रहः हतारोमा अनुचित निर्णय नगर्नू

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ५:२२,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा–एमालेका सांसदहरुलाई राजीनामा नदिन र विश्वासको मतदानमा सहभागी हुन आग्रह गरेका छन्।

माधवकुमार नेपाल नेतृत्वको समूहका सांसदहरुले आजै राजीनामा दिने तयारीमा जुटेका बेला प्रधानमन्त्री ओलीले सो आह्वान गरेका हुन्।

उनले एमालेका असन्तुष्ट सांसदहरुलाई हतारोमा कुनै पनि अनुचित निर्णय नगर्न आग्रह गरेका छन्।

‘म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।’

उनले एमाले सांसदहरुलाई प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट सुरु हुने प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठकमा सहभागी हुन भनेका छन्।

‘त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ,’ उनले स्मरण गराएका छन्।

प्रधानमन्त्री ओलीले हिजो आइतबार एक वक्तव्य जारी गरी असन्तुष्ट पक्षका एमाले सांसदहरुलाई सामूहिक राजीनामा दिने, फ्लोर क्रस गर्नेजस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका थिए।

यो पनिः
प्रधानमन्त्री ओलीको आग्रह– सामूहिक राजीनामामा सहभागी नहुनू (वक्तव्य)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .