ad ad

राजनीति


राजमो सांसद शाही भन्छन् : मेरो चरित्र हत्या गर्न किर्ते विज्ञप्ति निकालियो

राजमो सांसद शाही भन्छन् : मेरो चरित्र हत्या गर्न किर्ते विज्ञप्ति निकालियो

नेपालखबर
बैशाख २९, २०७८ बुधबार १३:३८,

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले आफू र आफ्नो पार्टीको बदनाम गर्न किर्ते हस्ताक्षरमा विज्ञप्ति जारी गरिएको बताएका छन्।

शाहीले आफुले पार्टीको निर्देशन अनुसार कृष्णचन्द्र पोखरेल नेतृत्वको गठबन्धनको पक्षमा हिजै (मंगलबार) हस्ताक्षर गरिसकेको जानकारी दिँदै आफ्नो नामबाट किर्ते विज्ञप्ति प्रकाशित भएको नेपालखबरलाई बताए।

‘मैले पार्टीको निर्देशन अनुसार हिजै गठबन्धनको पक्षमा हस्ताक्षर गरिसकेको छु। मेरो नाममा आज जारी भएको विज्ञप्ति किर्ते हो’ उनले भने, ‘म र मेरो पार्टीलाई बदनाम गराउन किर्ते काम गरिएको छ।’

बुधबार सांसद शाहीको नाममा जारी विज्ञप्तिमा नेपाली कांग्रेससहितको गठबन्धनमा आफ्नो समेत हस्ताक्षर रहेको समाचार आएको भन्दै त्यसमा संलग्नता नभएको दाबी गरिएको थियो।

विज्ञप्तिमा भनिएको छ, नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा मेरो हस्ताक्षर छ भनि बाहिर विभिन्न सञ्चारमाध्यममा प्रकाशित/प्रशारित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। कांग्रेस नेतृत्वको गठबन्धनमा मेरो सहभागिता र संलग्नता नरहेको सबैलाई जाानकारी गराउन चाहन्छु। म कुनैपनि गठबन्धनमा नभएको तटस्थ रहेको जानकारी गराउन चाहन्छु।’

यसैबीच सांसद शाहीले बुधबार साँझ नै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखि किर्ते काम गरिएको बताएका छन्।

shahi.JPG

उनले लेखेका छन्, ‘विभिन्न समाचार माध्यममा प्रकाशित मेरो चरित्र हत्या गर्ने गरी प्रचारमा ल्याइएको समाचारप्रति ध्यानाकर्षण गराउँदछु। मैले हस्ताक्षर (गठबन्धनमा) गरेको हुँ।’

यो पनिः राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले पनि भने– म गठबन्धनमा छैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .