प्यालेस्टिनी विद्रोही र इजरेली सेनाबीच गोलाबारी बढ्दै गएपछि इजरेलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
इजरेलका लागि नेपाली राजदूत अन्जान शाक्यले बुधबार अपिल जारी गर्दै केही दिनयता इजरेल र र प्यालेस्टाइनबीच तनाव बढ्दै गएकाले ज्यानको सुरक्षा गर्न आग्रह गरेकी हुन्।
घटनाबाट नआत्तिन बरु सम्भव भएसम्मका सुरक्षाका उपाय अपनाउन उनले इजरेलवासी नेपालीलाई अपिल गरेकी छन्।
सूचनामा भनिएको छ, ‘खासगरी साइरन बज्नासाथ घर भित्र हुनुहुन्छ भने बंकर, भर्याङ वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्यालनजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) हुनुहुन्छ भने पनि नजिकैको बंकरमा पुगिहाल्नु हुन र त्यो उपलब्ध नभएमा जहाँ हुनुहुन्छ, त्यहाँ सुरक्षित हुने उपाय अपनाउन, कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघ/संस्थाका प्रतिनिधिहरूलाई सम्पर्क गर्नसमेत अपिल गर्दछौं।’
ईजरायलवासी नेपालीहरुमा अपिल! विगत केही दिनयता ईजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै गएको सम्बन्धमा सबै जानकार नै...
Posted by Embassy of Nepal, Tel Aviv on Wednesday, May 12, 2021
Shares
प्रतिक्रिया