ad ad

राजनीति


सरकारको नेतृत्व दाबी गर्न राष्ट्रपति कार्यालय पुगे देउवा

सरकारको नेतृत्व दाबी गर्न राष्ट्रपति कार्यालय पुगे देउवा

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ९:४६,

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको एक पक्ष र माधव नेपाल समूहले संयुक्तरुपमा संसदको बहुमत पुर्‍याई सरकारको नेतृत्व दाबी गर्ने भएका छन्।

चार पक्षका १ सय ४९ सांसदको हस्ताक्षरसहित उनीहरु अहिले राष्ट्रपति कार्यालय गएका हुन्।

देउवासँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव र बाबुराम भट्टराई, र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत नेताहरु शीतल निवास पुगेका छन्।

चारपक्षीय छलफलमा सहभागी एक नेताका अनुसार उनीहरुले कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दाबी गर्न लागेका हुन्।

संसदमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका गरी १४९ सांसदको हस्ताक्षर जुटेको हो।

विपक्षी गठबन्धनको पक्षमा बहुमत पुर्‍याएर नयाँ सरकार गठन गर्नका लागि एमाले नेता नेपाल पक्षका २८ सांसदले हस्ताक्षर गरेका थिए।

‘हामीले २८ जनाको हस्ताक्षर गरेर नेता नेपाललाई बुझायौं, वहाँ त्यो लिएर चारपक्षीय छलफलमा जानुभयो,’ नेपाल पक्षका हस्ताक्षरकर्ता एक सांसदले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .