ad ad

राजनीति


स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कानूनी कारबाही गरः साझा विवेकशील

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कानूनी कारबाही गरः साझा विवेकशील

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ८:१५,

विवेकशील साझा पार्टीकाे युवा संगठनले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ।

‘कोभिड महामारीले देश आक्रान्त बनाइराख्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरूमाथि भएको भौतिक आक्रमणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विवेकशील साझा युवा संगठनका महासचिव सरोज गौतमद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अमानवीय आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गर्दछौँ र स्वास्थ्यकर्मीलाई भरपर्दो सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारलाई अनुरोध गर्दछौँ।’

अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र जिम्मेवार स्वास्थ्यकर्मीमाथि अभद्र भीड पुगेर आक्रमणसमेत गर्दा स्वास्थ्यकर्मीहरू माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाउनुपरेको घटनालाई सामान्य रूपमा लिन नसकिने गौतमले बताएका छन्।

भेरी अस्पताल आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदिक्षा गैरे र वन्दना श्रेष्ठ घाइते भएको उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .