ad ad

राजनीति


उपप्रधानमन्त्री पोखरेलद्वारा उज्वल थापाको स्वास्थ्य अवस्थाबारे चासो

उपप्रधानमन्त्री पोखरेलद्वारा उज्वल थापाको स्वास्थ्य अवस्थाबारे चासो

नेपालखबर
जेठ १६, २०७८ आइतबार ९:५९,

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

यसका साथै, उनले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरे।

‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’ उपप्रधानमन्त्री पोखरेलले भने।

थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .