ad ad

राजनीति


इजलासमा प्रश्न उठाइएका न्यायाधीश नै राखेर मुद्दा सुनुवाइको तयारी

इजलासमा प्रश्न उठाइएका न्यायाधीश नै राखेर मुद्दा सुनुवाइको तयारी

नेपालखबर
जेठ १८, २०७८ मंगलबार ५:२,

बहसमा सहभागी वकिलहरूले निष्पक्षतामा प्रश्न उठाएका न्यायाधीशलाई नै संवैधानिक इजलासमा राखेर सर्वाेच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अघि बढाउने भएको छ।

मुद्दाको पेसी आज मंगलबारलाई तोकिएको छ।

निष्पक्षतामा प्रश्न उठाइए पनि न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछाड्ने अडान लिएपछि अदालतले पुरानै इजलासलाई निरन्तता दिने तयारी गरेको हो।

आइतबारको बहसमा विपक्षी तर्फका अधिवक्ताले उनीहरू नेकपा विभाजन गर्ने फैसला तथा त्यसको पुनरवलोकन अस्वीकार गर्ने निर्णयमा सहभागी रहेको भन्दै अहिले संसद् विघटन मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा बस्न नमिल्ने तर्क प्रस्तुत गरेका थिए।

त्यसपछि प्रधानन्यायाधीशले उनीहरूलाई सोमबार स्वनिर्णय दिन भनेका थिए। त्यस क्रममा दुवै न्यायाधीशले प्रश्न उठाइएकै भरमा आफूहरू इजलासबाट बाहिरिनुपर्ने बाध्यता नरहेको जवाफ दिएका हुन्।

यो पनि : संसद विघटन मुद्दा : इजलास नछाड्ने अडानमा न्यायाधीशद्वय केसी र श्रेष्ठ

न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलास नछाड्ने आदेशमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। जसका कारण आदेश आउन सकेको छैन।

मंगलबार इजलासमै उनीहरूले आफ्नो निर्णय सुनाउने सर्वोच्च स्रोतले जनाएको छ।

आजबाट नियमित सुनुवाइ हुने भए पनि रिट निवेदकले प्रश्न उठाएका न्यायाधीश रहे के हुने भन्ने अनिश्चित छ।

यो पनि : पहिले सत्तै सुम्पिइएको सर्वोच्च अदालतप्रति अहिले इजलास गठनमै अविश्वास किन?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .