ad ad

राजनीति


संसद विघटन मुद्दा : इजलास नछाड्ने अडानमा न्यायाधीशद्वय केसी र श्रेष्ठ

संसद विघटन मुद्दा : इजलास नछाड्ने अडानमा न्यायाधीशद्वय केसी र श्रेष्ठ

नेपालखबर
जेठ १७, २०७८ सोमबार १०:२३,

संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्पक्षतामाथि प्रश्न उठे पनि उनीहरुले इजलास नछाड्ने अडान लिएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दिने १ सय ४६ सांसदहरुको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले न्यायाधीशद्वय केसी र श्रेष्ठ सो मुद्दामा निष्पक्ष बन्न नसक्ने भनी प्रश्न उठाएपछि बेन्चमा बस्ने वा नबस्ने निर्णय गर्न केसी र श्रेष्ठलाई छाडिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरी सो विषयमा सुनुवाइ सुरु हुनासाथ दुई न्यायाधीशमाथि प्रश्न उठेपछि अहिले सोहि विषयमा बहस जारी छ।

उनीहरुले आज सोमबार निर्णय दिने बताइएको थियो। सो रिट निवेदनमा भोलि मंगलबारका लागि पेसी तोकिएको छ।

आज सो मुद्दामा सुनुवाइ नभएपनि प्रधानन्यायाधीश राणासहित पाँचैजना न्यायाधीश सर्वोच्च आई आन्तरिक परामर्शमा व्यस्त थिए।

न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलास नछाड्ने अडान लिइरहेको र त्यसका कारण सो विषय अनिर्णित अवस्थामै रहेको सर्वोच्च अदालत स्रोतको भनाइ छ।

आन्तरिक परामर्शपछि प्रधान्यायाधीश राणा अपरान्ह करिब ३ बजे अदालतबाट बाहिरिएका थिए। त्यसको करिब १५ मिनेटपछि सोहि इजलासमा रहेका न्यायाधीशद्वय दिपक कार्की र आनन्दमोहन भट्टराई पनि बाहिरिएका थिए।

नेकपा विभाजन गर्ने फैसला गरेका श्रेष्ठ र सोहि फैसलाको पुनरावलोकनको मुद्दा हेरका केसी इजलासमा रहँदा संसद् विघटनको मुद्दा प्रभावित हुन सक्ने दाबी कानुन व्यवसायीले गरेका हुन्।

उनीहरूलाई संवैधानिक इजलासबाट हटाएर अरू नै निष्पक्ष न्यायाधीश राखिनुपर्ने माग कानुन व्यवसायीको छ।

तर सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयका अधिकारीले भने यही इजलासलाई निरन्तरता दिइनुपर्ने पर्ने अडान राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .