नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापन इतरका नेताहरुको बैठक बोलाएका छन्।
पौडेलले आफू र कृष्ण सिटौला पक्षका नेताको बैठक बोलाएका हुन्।
आज २ बजे बैठक भर्चुअलरुपमा बस्ने छ। आगामी १४ औं महाधिवशेनको विषय र क्रियाशील सदस्यता वितरणका विषयमा छलफल हुने एक नेताले बताए।
कांग्रेसको महाधिवेशन भदौ ७-१० का लागि निर्धारित छ। कोरोना महामारीका कारण महाधिवेशन प्रभावित बन्ने देखिएको छ।
पौडेलले महाधिवेशनका विषयमा दुई विकल्प सार्दै आएका छन्। बैठकमा पौडेलले सारेका विकल्प र क्रियाशील सदस्यताको विषयमा छलफल केन्द्रीत हुने छ।
कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन महाधिवेशन गर्न पर्ने बाध्यता छ। तर पार्टी भित्र क्रियाशील सदस्यता लगायतका विषयमा विवाद छ।
प्रतिक्रिया