ad ad

राजनीति


कर्णाली सरकारमा कांग्रेसबाट को को सहभागी हुँदैछन्?

कर्णाली सरकारमा कांग्रेसबाट को को सहभागी हुँदैछन्?

नेपालखबर
जेठ २२, २०७८ शनिबार ११:५६,

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने दुई जनाको नाम टुंग्याएको छ।

कर्णाली कांग्रेस संसदीय दलको बैठकले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो।

कांग्रेसले कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिएर सहयोग गरेको थियो। त्यतिबेला नेकपा एमालेका माधव नेपाल पक्षधर ४ सांसदले फ्लोर क्रस गरेका थिए।

संसदीय दलको निर्णय मुख्यमन्त्रीलाई पठाइसकिएको छ। उनीहरुलाई आइतबार पद तथा गोपनीयताको सपथ गराउने तयारी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .