प्लान नेपाल इन्टरनेसनलले गरेको एक अध्ययनले नेपाली चलचित्रमा देखाइने महिलाको रुढिवादी भूमिकाले महिला र किशोरीमा नकारात्मक असर पार्ने गरेको निष्कर्ष निकालेको छ।
‘नेपाली चलचित्रमामहिला र किशोरीहरुको प्रतिनिधित्व’ शीर्षकमा हालै गरिएको अध्ययनले नेपाली चलचित्रमा महिला वा किशोरीहरुलाई बिरलै नेतृत्वदायी भूमिकामा प्रस्तुत गरिएको र प्रस्तुत भए पनि महिला पात्रलाई पुरुषको उपभोग वा वस्तु स्वरुपमा सीमित गरेको तथ्य अनुसन्धानले देखाएको छ।
अध्ययनकाअनुसार मुलतःमहिला वा किशोरीहरू नेतृत्वको भूमिकामा देखाइए पनि महिलाहरू पुरुषको दाँजोमा फितलो पात्रमा चित्रित गरिने तथा पुरुषको यौन चाहनाको रुपमामात्र प्रस्तुतभएको पाइएको छ।
यस अनुसन्धान प्लान इन्टरनेशनल नेपालको गल्र्सगेट इक्वेल अभियानअन्तर्गत भएको थियो। डकस्कुलले गरेको अनुसन्धानमा ४७ वटा चलचित्रहरू, टेलिभिजन, अनलाइन सामाग्रीमाभएको विषयवस्तु र विज्ञापन–चलचित्रको सामग्रीमा केन्द्रित रहेर विश्लेषण प्रस्तुत गरिएको छ।
साथै, विभिन्न चलचित्रकर्मी, चलचित्रनिर्माताहरू र कलाकारहरूसँगको अन्तर्वार्ता र छलफलबाट निष्कर्ष प्रस्तुत गरेका छन्। अध्ययनले चलचित्रका दर्शकहरूसँग पनि समूह छलफल आयोजना गरेको थियो। प्रदेश नं १ सुनसरी, बागमती प्रदेशको सिन्धुली र काठमाडौं, लुम्बिनी प्रदेशको बाँके र कर्णाली प्रदेशको जुम्लाका किशोरीहरुसँंग चलचित्रमा महिला प्रतिनिधित्वसम्बन्धी ३ चरणको छलफल पनि गरिएको थियो।
‘चलचित्रले हामी सबैमा ठूलो प्रभाव पार्दछ, यसले बालबालिकाको कलिलो मस्तिष्कहरुमा त झन् प्रत्यक्ष र अप्रत्यक्ष ढङ्गले प्रभाव पार्दछ। चलचित्रले हामीलाई पूर्वाग्रही बनाउने तथा सोच र धारणालाई प्रभावित पारिरहेको हुन्छ। त्यसैले हाम्रो समाजमा व्याप्त किशोरी र महिलाको जीवनलाई सीधै प्रभावपार्ने लैङ्गिक आधारका रूढीवादी सोचलाई चुनौतीदिन सक्ने युवाहरुले यस खालको अनुसन्धानको नेतृत्व लिएकोमा हामीलाई खुसी लागेको छ।’ प्लान इन्टरनेशनल नेपालका इन्फ्लूयन्स, क्याम्पेन तथा कम्युनिकेसन डाइरेक्टर प्रसेन जित खातीले भने।
अनुसन्धानपत्रका सह–लेखक अभिमन्यु दीक्षितले भने, ‘नेपालको चलचित्रमा महिलाहरू सदैव दोस्रो दर्जाको रुपमामात्र देखिन्छन्। महिलापात्रहरुलाई कि त घरायसी कामकाज गरेको मात्र देखाइन्छ कि त यौन चाहनापरिपूर्ती गर्ने पात्रको रूपमा देखाइन्छ। यस्तो प्रतिनिधित्वका बारेमा नेपालमा दशक लामो छलफल भएता पनि एकदमै थोरै परिवर्तन आएको देखिएकोले हामीले यो बहसलाई फेरि अघि सारेका छौं।’
अध्ययनकाअनुसार चलचित्रमा देखाइएका महिलाहरु प्रायःप्रियसी÷श्रीमती, आमा, सुसारे, वा रखौटीको रुपमा मात्र चित्रित छन्। त्यस्तै, महिलाहरू आफ्नो निर्णय लिन पुरुषपात्रमा नै निर्भर भएको तथा महिला पात्रहरुको निर्णयमाथि प्रश्न उठाउने वा पुरुषपात्रको निर्णय जति सम्मान नदिइएको समेत अध्ययनले दर्शाएको छ।
अध्ययनले १०२ वटा महिलापात्रको विश्लेषणमा ५ जनापात्रको मात्र आफ्नो लक्ष्य र उद्देश्य भेटाएको छन् भने चलचित्रमा देखाइएको महिलापात्र सँधै प्रेमकथाको सानो अंश रुपमामात्र प्रस्तुत गरिएका छन्। साथै, प्रायःजसो चलचित्रले महिलामाथि हुने हिंसालाई सामान्यकरण गरेको पाइएको छ। त्यस्तै ३४५ पात्रहरुको अध्ययनमा ८ जनामात्रै यौनिक अल्पंसंख्यक समुदायको सदस्य संलग्न भएको अध्ययनले देखाएको छ, तीमध्ये अधिकांश पात्रहरू हास्यव्यङ्ग्यको लागिमात्र राखिएको पाइएको छ।
यो अनुसन्धान गौथली इन्टरटेन्मेन्टद्वारा आयोजित चार–दिने भर्चुअल कार्यक्रमको अवसरमा सार्वजनिक गरिएको हो। अनुसन्धानको टिप्पणी गर्ने क्रममा, चलचित्रकर्मी र समिक्षक मनोज पण्डितले भने, ‘नेपालको अधिकांश चलचित्रले महिलाको आँसु बेच्ने गर्दछ। हामीले कथामा दुःख बेच्छौ किनकि त्यसले राम्रो व्यवसाय गर्छ। पण्डितले सिनेमामा मात्र सीमित नभएर ठूलो सामाजिक परिवर्तनमा जोड दिनु पर्ने आवश्यकता औंल्याए।
चलचित्र विकास बोर्डका अधिकृत चिरन्जीवी गुरागाईले नेपाली चलचित्रमा महिलाको बिषयमा थुप्रै काम भए पनि प्रभावकारी रुपमा अघि बढनुपर्ने बताए। सो क्रममा उनले चलचित्र विकास बोर्डको तर्फबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र फिल्म फेस्टिवलमा छानिएका चलचित्र निर्माताहरूलाई सहयोग गर्ने प्रतिवद्धता जनाए।
Shares
प्रतिक्रिया