मंगलबार आएका छुट्टाछुट्टै रायमा सबै न्यायाधीशको हस्ताक्षर नभएको भन्दै महान्यायाधिवक्ता रमेश बडालले प्रश्न उठाएका छन्।
उनले इजलास एकमत हुनुपर्नेमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकै हस्ताक्षर नभएको भन्दै प्रश्न उठाएका हुन्।
‘यो के हो इजलास एक मत हुनु पथ्र्यो। प्रधानन्यायाधीशको हस्ताक्षर देखिएन’, बडालले भने, ‘दुई जना न्यायाधीशको आदेशमा अरुको सहमति कि असहमति के हो? यो कानुनले चिन्दैन।’
उनले थपे, ‘अस्ति निवेदक पक्षका कुरालाई आधार मान्ने हो भने कोही पनि बस्न नमिल्ने अवस्था आउँछ भनेको थिएँ। जे कुरा उठाउनु भएको थियो, त्यसलाई इजलासले मान्यो नि!’
न्यायाधीश कार्की र भट्टराईले आफूले यसअघि दिएको रायमा प्रश्न उठाए पुग्छ भनेको स्मरण गराउँदै बडालले सोधे, ‘न्यायाधीश कार्की र भट्टराईले प्रश्न उठाए पुग्छ भन्नुभएको थियो। अमुक वकिलले प्रश्न उठाए मात्रै बस्न नमिल्ने हो? कसैले उठाएचाहिँ ठीक कसैले उठाएचाहिँ बेठीक?’
बडालकाे प्रश्न थियाे, ‘आवेगमा गरिएको हो यसअघिको राय?’
न्यायाधीश ईश्वर खतिवडाले भने यसरी प्रश्न उठाउँदै गए इजलासमा विकल्प नहुने बताए।
प्रतिक्रिया