ad ad

राजनीति


हरेक दिन आफ्नो अन्तिम दिन हुनेछ भनेर काम गर्नेछुः स्वास्थ्यमन्त्री तामाङ

हरेक दिन आफ्नो अन्तिम दिन हुनेछ भनेर काम गर्नेछुः स्वास्थ्यमन्त्री तामाङ

नेपालखबर
जेठ २४, २०७८ सोमबार १०:३,

नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले कोरोनाको कहरबाट नेपाली जनतालाई मुक्त बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन।

स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले हरेक दिन मेरो अन्तिम दिन हुनेछ भनेर काम गर्ने प्रतिबद्धता जनाए।

‘मेरो मुख्य प्राथमिकता कोरोनाको कहरबाट नेपाली जनतालाई मुक्त बनाउनु हो। खोपको व्यवस्थापन पहिलो कुरो हो,’ उनले भने, ‘खोप प्राप्त गर्ने र आम नागरिकको जीवन रक्षा गर्ने गरी बजेट छुट्टाएर हामी त्यसतर्फ अघि बढेका छौं। कुटनीतिक पहल भइरहेको छ। हरेक दिन आफ्नो अन्तिम दिन भए जसरी काम गर्नेछु। भोलिपर्सी भनेर कुर्नेछैन।’

उनले वीर अस्पताललाई कोभिड–१९ को सेन्ट्रल अस्पतालका रुपमा विकास गरिएको जनाउँदै काठमाडौं उपत्यकाका सबै बिरामीलाई त्यहाँ उपचारको व्यवस्था गरिने जनाए।

यस्तै परीक्षणको दायरा बढाउने, आवश्यक सामग्रीको जोहो गरिने र पुष्टि भएकालाई आइसोलेसनमा राखिने उनले बताए।

कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञहरुले सुझाव दिएको भन्दै उनले सातैवटा प्रदेशमा बालबालिकालाई चाहिने अस्पताल, आईसीयू कक्षको निर्माणमा ध्यान दिइरहेको बताए

उनले विगतमा मन्त्रालयमा आर्थिक प्रश्नहरु उठेकोमा आफूले प्रत्येक कामहरु पारदर्शी रुपमा गर्ने र आफ्नो सम्पत्ति विवरण पनि वेवसाइटमा सार्वजनिक गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .