ad ad

राजनीति


मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दा सुनुवाइ आज, न्यायाधीश खतिवडाको बेन्चमा पेसी

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दा सुनुवाइ आज, न्यायाधीश खतिवडाको बेन्चमा पेसी

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ५:५४,

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज (मंगलबार) सुनुवाइ हुँदै छ।

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्नु संविधानविपरीत भएको दाबी गर्दै परेका रिट सुनुवाइका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको बेन्च तोकिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध रिट दर्ता गराएका हुन्।

निवेदकका पक्षमा फैसला भए मन्त्रीहरूको पद गुम्नेछ।

यो पनि : नयाँ मन्त्रिपरिषद् : यस्तो छ १७ सदस्यको वरियताक्रम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .