पार्टीको केन्द्रीय निर्देशनविपरीत एमालेको माधव नेपाल समूहका सांसदले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटाले आक्रोश पोखेका छन्।
मंगलबार अपराह्न सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले नेपाल समूहलाई खरानी समूहको संज्ञा दिएका हुन्।
‘विधि, पद्धति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समूहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई,’ बाँस्कोटाले लेखेका छन्, ‘माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरूको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्, अग्रिम शुभकामना!!’
यो पनि : नेपाल समूहको साथले सुदूरपश्चिममा पनि जोगियो माओवादी सरकार, कसले कता गरे मतदान? (नामसहित)
प्रतिक्रिया