ad ad

राजनीति


सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री सोडारीविरुद्ध प्रहरीमा जाहेरी

सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री सोडारीविरुद्ध प्रहरीमा जाहेरी

गोकुल जोशी
जेठ २६, २०७८ बुधबार १४:९,

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको छ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले मन्त्री सोडारीका विरुद्ध सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा मुद्धा दिएको जानकारी दिए।

उता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दान बहादुर रोकायाले मन्त्री सोडारीविरुद्ध जाहेरी आएको पुष्टि गरे। यद्यपी जाहेरी दर्ता भए/नभएको बारे उनले अनविज्ञता प्रकट गरे।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशन सहितको पत्र बुझाउन मन्त्रालयमा गएको बेला कार्यकक्षभित्र मन्त्री सोडारीले हातपात गरेको सचिव रावलको आरोप छ।

यस्तै मन्त्री सोडारीले आफूले हातपात नगरेको दाबी गर्दै बरु रावलले चाहिँ आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन्।

मन्त्री सोडारी एमालेमा माधव नेपाल समूहका नेता हुन भने प्रदेश सचिव रावल ओली समूहका नेता हुन्। एमालेको ओली र नेपाल समूहबीचको विवाद सुदूरपश्चिममा उत्कर्षमा छ।

यो पनि :
सुदूरपश्चिममा ओली–नेपाल विवाद उत्कर्षमा: मन्त्रालयभित्रै एमाले सचिव र मन्त्रीबीच ‘कुटाकुट’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .