ad ad

राजनीति


सांसद निलम्बनसम्बन्धी सर्वोच्चको आदेशविरुद्ध एमाले ओली पक्ष पुनरवलोकनमा जाने

सांसद निलम्बनसम्बन्धी सर्वोच्चको आदेशविरुद्ध एमाले ओली पक्ष पुनरवलोकनमा जाने

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ९:५४,

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष सांसद निलम्बनविरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध पुनरवलोकनमा जाने भएको छ।

एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अदालतको फैसला कानुनअनुसार नभएको भन्दै भ्याकेट दिने तयारी भएको बताए।

उनले भने, ‘आन्तरिम आदेशविरुद्ध भ्याकेटमा जाने तयारी गरेका छौँ, यो फैसला संविधान र कानुनसम्मत छैन।’

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दबहादुर बुढालाई एमालेले गरेको कारबाहीविरुद्ध पार्टीले गरेको कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

पार्टीको ह्विप उल्लंघन गरेको भन्दै चार जना सांसदलाई एमालेको दशौँ राष्ट्रिय सम्मेलनमा आयोजक कमिटीले पार्टीबाट निलम्बन गरेको थियो।

अदालतले त्यसरी कारबाही गर्ने अधिकार आयोजक कमिटीलाई नभएको फैसला गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .