ad ad

राजनीति


‘कोर्स करेक्सन’ गरेर आए ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी!

‘कोर्स करेक्सन’ गरेर आए ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी!

नेपालखबर
असार १०, २०७८ बिहिबार १२:०,

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो गल्ती र कमीकमजोरीलाई सच्याएर आए केपी शर्मा ओलीलाई स्वागत गर्न तयार रहेको बताएका छन्।

बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा बोल्दै नेकपा एमालेका वरिष्ठ नेता नेपालले गल्तीलाई स्वीकार गरेर र कोर्ष करेक्शन गरेर आए ओलीलाई स्वीकार गर्नुपर्ने बताए।

नेपालले आफूहरु देश र जनताको हितको निम्ति दृढताका साथ अगाडि बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताए। आफूहरुको चिन्ता र चासो देशको स्वाधिनता र स्वाभिमानको रक्षा गर्ने रहेको उनको भनाई थियो।

उनले भने, ‘देशको हितको लागि, जनताको हितको लागि, समाजको परिवर्तनको लागि दृढताका साथ अगाडि बढिन्छ। यही उद्देश्यका लागि नै आन्दोलनमा जुटिएको हो। यो आन्दोलनबाट विचलित हुने कुरा आउँदैन। कसरी देशको स्वाधिनताको रक्षा गर्ने, देशको स्वाभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने हाम्रो चिन्ता र सरोकार त्यहाँ छ। मानिस हुन्, कहिलेकाहीँ गल्ती हुन्छ। गल्तीलाई स्वीकार गरेर, फेरि कोर्स करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .