भेनेजुएलाको सीमा नजिकै उडिरहेको हेलिकप्टरमा गोलाबारी हुँदा हेलिकप्टरमा क्षति पुगेको बीबीसीले जनाएको छ।
आक्रमणबाट हेलिकप्टरमा सवार राष्ट्रपति इवान ड्युक र रक्षामन्त्री डिएगो मोलानोलाई केही नभएको बताइएको छ।
हेलिकप्टरमा कोलम्बियाकै बामपन्थी विचारधाराका नेसनल लिबिरिसेन आर्मी ईएलएन समूहले आक्रमण गरेको आशंका गरिएको छ।
हेलिकप्टर उडिरहेको क्षेत्रमा ती लडाकूहरु सक्रिय छन्। ईएलएन देशको सबैभन्दा ठूलो विद्रोही समूह हुन्, यसलाई कोलम्बियाले मात्र नभएर अमेरिका र युरोपेली संघले पनि चरमपन्थी संगठन मान्दछन्।
सन् १९६४ मा स्थापना भएको यस समूहले देशमा धनको असमान वितरणलाई समान बनाउने लक्ष्य लिएका छन्।
3
Shares
प्रतिक्रिया