अब्दुल कलाम टापुबाट भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले सो क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो।
सो क्षेप्यास्त्रलाई चीनको डीएफ–२१डी ‘एअर क्राफ्ट क्यारियर किलर’ क्षेप्यास्त्र सँग तुलना गरिएको छ।
तर चिनियाँ विज्ञ भने यो भारतीय क्षेप्यास्त्र चीनको लागि खतरा नभएको बताउँछन्। चिनियाँ क्षेप्यास्त्र जति यो क्षेप्यास्त्र शक्तिशाली नभएको पनि उनीहरुको तर्क छ।
अग्नी–पीको सफल परीक्षणपछि डीआरडीओले आफ्नो क्षेप्यास्त्र योजनाअनुसार तोकिएकै स्थानमा खसेको बताएको थियो।
भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि ट्विटरमा नयाँ क्षेप्यास्त्रका कारण आफ्नो रक्षा क्षमता थप सुदृढ भएको बताएका थिए। उनले आफ्नो देशमाथिको आक्रमणलाई निरुत्साहित गर्न आफूहरु थप बलियो भएको जनाएका थिए।
यो क्षेप्यास्त्रले हजारदेखि २ हजार किलोमिटर परसम्म पुगेर मार हान्नसक्ने जनाइएको छ। यसमा अत्याधुनिक प्रविधि जडान भएको बताइएको छ।
अग्नि सेरिजको क्षेप्यास्त्र पाकिस्तान र चीनसँग विवाद बढेसँगै चर्चामा आउने गर्दछन्। अग्नी ५ क्षेप्यास्त्र अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र हो। यो क्षेप्यास्त्रले ८ हजार किमीसम्म पुगेर मार हान्नसक्छ।
यो क्षेप्यास्त्रले चीनसम्मै पुगेर आक्रमण गर्नसक्ने यसअघि नै बताइएको छ। तर अग्नी पी भने चीनको मुख्य शहर बेइजिङ र सांघाईसम्म नपुग्ने बताइएको छ।
यद्यपी यो इन्डो–प्यासिफिक क्षेत्रसम्मका आफ्ना दुश्मनलाई मार हान्न भने सक्षम छ।
उता चीनको डीएफ–२६डी विश्वको पहिलो एन्टी–सिप ब्यालेस्टिक क्षेप्यास्त्र हो जसले १८ सय किमीसम्म पुगेर मार हान्नसक्छ। चीनसँग डीएफ–२६ बी ब्यालेस्टिक क्षेप्यास्त्र पनि छ जसले ५ हजार किमीसम्म पुगेर आक्रमण गर्नसक्छ। यो विशेषगरी सैन्य जहाजलाई आक्रमण गर्न प्रयोग गरिन्छ।
यसअघि चीनले गतवर्ष एअरक्राफ्ट क्यारियर किलर नामक दुईवटा युद्धपोतलाई ध्वस्त बनाउने क्षेप्यास्त्र डीएफ–२६बी र डीएफ–२१डी क्षेप्यास्त्र सफल रुपमा प्रक्षेपण गरेको थियो। दक्षिण चीन सागरको सैन्य अभ्यासमा सो क्षेप्यास्त्रले पानी जहाजलाई ध्वस्त बनाउन सफल भएको थियो।
भारतको अग्नी–पीको विषयमा चिनियाँ जनमुक्ति सेनाका सैन्य विश्लेषक सङ जोङपिङ भन्छन्,‘अग्नी–पी क्षेप्यास्त्रको एन्टी–सिप क्षमता प्रमाणित गर्न थप परीक्षणको आवश्यकता पर्दछ।’
उनका अनुसार सैन्य जहाजलाई ब्यालेस्टिक क्षेप्यास्त्रले आक्रमण गर्नु जटिल र व्यवस्थित परियोजना हो। क्षेप्यास्त्र मात्र भएर पनि सही स्थानमा आक्रमण गर्न नसकिने र अन्य सहयोगी प्रणाली बलियो भएमात्र योजना सफल हुने उनी बताउँछन्।
भरपर्दो सेटेलाइट नेभिगेसन भए लक्ष्य पत्ता लगाउन सजिलो हुने र राम्रो मार्गदर्शन भएमा क्षेप्यास्त्रले ठाउँमै मार हान्नसक्ने उनको भनाइ छ।
यी विषयमा कमजोर भारतले भविष्यमा आफूलाई अवश्य बलियो बनाउने उनको भनाइ छ। अग्नी–पी युद्धपोत जस्ता सैन्य जहाजलाई अहिले नै आक्रमण गर्नसक्ने क्षमता नराखेता पनि यो क्षेप्यास्त्रले भारतलाई बलियो भने बनाएको सङ बताउँछन्।
उनी भन्छन्,‘यसले सायद चीन वा पाकिस्तानका ठूला शहरहरूमा आक्रमण गर्न सक्दैन, तर सामरिक लक्ष्य जस्तै सशस्त्र गाडी वा एयरपोर्टहरूमा यसले राम्रो काम गर्न सक्छ।’ एससीएमपी
Shares
प्रतिक्रिया