प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय मकुख्याले सानेपामा बस्ने भएको छ।
बुधबारको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बिहीबार दिउँसो २ बजे बैठक बस्न लागेको कांग्रेसले जनाएको छ।
बैठकमा समसामयिक राजनीति विषयका साथै, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्मााले जानकारी दिए।
धेरैजसो भातृसंस्थाको विधानअनुसार समय सकिएपछि यतिबेला निष्कृय अवस्थामा रहेको हुँदा बैठकमा यसबारे छलफल केन्द्रित हुने प्रवक्ता शर्माले बताए।
पौडेल अस्वस्थ भए पनि बुधबार बसेको पदाधिकारिको बैठकले दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेबको छ। बीपी जयन्तीको अवसर पारेर यही भदौ २४ गतेबाट दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने बताइएको छ। यो अभियान असोज ७ गतेसम्म चल्ने कांग्रेसले जनाएको छ।
त्यस्तै बैठकमा एकता प्रक्रियामा आएका विजयकुमार गच्छदार समूहका नेताहरुको जिम्मेवारी तोक्नेबारे पछि छलफल हुने बताइएको छ।
दोस्रो चरणको अभियानभन्दा पहिले नै नेविसंघ लगायतका भातृ संस्थाबारे निर्णय लिइसक्ने कांग्रेसले जनाएको छ।
प्रतिक्रिया