ad ad

राजनीति


संविधानमा प्रश्न उठाउने बेला भएको छैनः मुख्यमन्त्री गुरुङ

संविधानमा प्रश्न उठाउने बेला भएको छैनः मुख्यमन्त्री गुरुङ

वाशुदेव मिश्र
असोज ३, २०७६ शुक्रबार १२:५३,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान गतिशिल भएपनि अहिले नै प्रश्न उठाउने बेला नभएको जिकिर गरेका छ। 

चौथो संविधान दिवसको अवसरमा जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति र शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले संयुक्त रुपमा आयोजना गरेको नेपालको संविधान, जनअपेक्षा र कार्यन्वयनको अवस्था विषयक अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री गुरुङले सो धारणा राखेका हुन्।

‘संविधानको सामथ्र्य हेरौं संविधानको विषयमा प्रश्न उठाउने बेला भएको छैन’,उनले भने।

गुरुङले राज्यका तिनवटै निकाय तिनतिर फर्कदा समस्या देखिएको बताए। ‘सरकारले शान्ति सुरक्षा कायम गर्नका लागि नियन्त्रणमा लिन्छ तर न्यायपालिकाले रिहा गर्न आदेश दिन्छ’ गुरुङले भने,‘तिनवटै निकाय एकैतर्फ फर्कि एकिकृत भएर अगाडी बढ्ने वातावरण नबनेसम्म गाह्रो देखिन्छ’।

उनले संघिय शासन प्रणाली राज्यका खर्चिलो भएपनि जनताको लागी सहज र सुलभ रहेको भनाइ राखे। ‘जनताले सहज रुपमा निगरानी गर्ने संघिय प्रणाली एकदम उचित छ’,गुरुङले भने।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष कमल अर्यालले संघीय सरकार बन्नु अगावै आवश्यक कानुनहरु बन्न नसक्दा समस्या देखिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .