ad ad

राजनीति


असन्तुष्टी सम्बाेधनका लागि संविधान भत्काउन पर्दैन: मिश्र

असन्तुष्टी सम्बाेधनका लागि संविधान भत्काउन पर्दैन: मिश्र

वाशुदेव मिश्र
असोज ३, २०७६ शुक्रबार १३:२१,

 साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले मुलुकको समृद्धिका लागि अहिलेको संविधान भत्काउन आवश्यक नरहेको बताएका छन्।

‘असन्तुष्टि छ भने संशोधन गर्न सकिन्छ, संशोधन हुन सक्छ भन्ने व्यवस्था संविधानले नै गरेको छ’, उनले भने,‘ बारम्बार सडक आन्दोलन गरेर विकास र समृद्धिलाई पछाडि पार्न हुँदैन।’

मिश्र शुक्रबार साझा पार्टीको गोरखा जिल्ला संयोजक घोषणा सभालाई सम्बोधन गर्दै थिए। ‘जसले मान्छे मार्‍यो, जसले देशको दोहन गर्‍यो, जसले जनताको जीवनस्तर माथि जान दिएन,’ उनले भने, ‘त्यस्ताहरुलाई मत आउने छैन, अबको चुनावमा साझा पार्टी विकल्प होइन, निर्विकल्प हो।’ पार्टीलाई निर्विकल्प बनाउन आफूहरु दिनरात लाग्ने र त्यसमा जनताको साथ चाहिने मिश्रले बताए।

पार्टी प्रवक्ता सूर्यराज आचार्यले अहिले भइरहेको राजनीतिलाई पुनःपरिभाषित गर्न चाहेको सुनाए। गण्डकी प्रदेश संयोजक महेश भण्डारीले समृद्धिको नतिजा जनताले तत्काल पाउनुपर्ने विचार राखे। भण्डारीले भारतीय संविधान निर्माता भीमराव अम्बेडकरको भनाइ उद्धृत गर्दै संविधान असल भएरमात्रै देश विकास हुन नसक्ने, शासक असल हुनुपर्ने बताए।

केन्द्रीय सदस्य सुशीला केसीले ठुल्ठूला पार्टीका प्रतिज्ञा र जनताको भोगाइमा तालमेल नरहेको सुनाइन्।

कार्यक्रममा नवलपुर संयोजक हरिप्रसाद गौतम, गोरखा संयोजक किशोर रेग्मी, प्रदेश सदस्य अमृत पुडासैनी र पूर्वसचिव शीतलबाबु रेग्मीसमेतले बोलेका थिए।

यसैबीच साझा पार्टीले गोरखा जिल्ला संयोजक घोषणा गरेको छ। उक्त पार्टीको गण्डकी प्रदेश संयोजक महेश भण्डारीले किशोर रेग्मीलाई गोरखा संयोजक घोषणा गरे। उनी यसअघि माओवादीमा आस्था राख्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .