ad ad

राजनीति


नेपाल आफ्नै पक्षमा उभिनेमा विश्वस्त छुः अमेरिकी राजदूत

नेपाल आफ्नै पक्षमा उभिनेमा विश्वस्त छुः अमेरिकी राजदूत

नेपालखबर
असोज १०, २०७६ शुक्रबार १२:२०,

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले नेपाल कसैको पक्षमा नभइ नेपालकै पक्षमा उभिने विश्वास व्यक्त गरेका छन्।

राजदूत बेरीले नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा उभिएको र उभिनै रहने विश्वास पनि व्यक्त गरे। शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा अमेरिकी कूटनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ मा नेपालले आवश्यक्ता महसुस गरे सहभागी हुन सक्ने बताए।

त्यसका लागि नेपालमाथि आफ्नो मुलुकले कुनै पनि प्रकारको दवाब वा प्रभाव केही पनि नदिने राजदुत बेरीको भनाई थियो। चीनले अघि सारेको ‘बीआरआई’ अवधारणामाथि नेपालमा बहस भइरहेका बेला अमेरिकी राजदूत बेरीले आफ्नो मुलुकले पनि इन्डो प्यासिफिक क्षेत्रको हितका लागि ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ अघि सारे पनि सो रणनीतिमा नेपाललाई साझेदार बन्न दवाब नदिने प्रष्टयाएका हुन्।

उनले अमेरिकाले नेपाल चीन, भारत, अमेरिका वा अन्य देशको पक्षमा नभई आफ्नै पक्षमा उभिएको हेर्न चाहेको पनि स्पष्ट पारे।

दुई मुलुकबीचको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको स्मरण गराउँदै राजदुत बेरीले नेपाललाई अमेरिकी सरकारले हरेक वर्ष सहयोग गर्दै आएको पनि स्मरण गराए। यस वर्ष पनि अमेरिकाले सहयोग स्वरुप मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजना अन्तर्गत नेपाललाई ५० अर्व नेपाली रुपैयाँ सहयोग गर्ने राजदुत बेरीले बताए।

उनले नेपालको गरिवी निवारण र आर्थिक विकासमा सहयोग पुर्याउने अमेरिकी सरकारको लक्ष्य रहेको पनि बताए। राजदुत बेरीले नेपाल भूपरिवेष्ठित मुलुकका रुपमा स्वतन्त्र र सार्वभौम मुलुक रहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन आफ्नो मुलुक सदा सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताए। 

राजदुत बेरीले दुई मुलुकबीचको सम्बन्धलाई अझ मजबुत बनाउन उच्चस्तरको राजनीतिक भ्रमण भइरहेको र भविष्यमा समेत भइरहनै रहने पनि बताए। उनले नेपालमा भुटानी शरणार्थी व्यवस्थापनमा अमेरिकाले सहयोग गरेको स्मरण गराउँदै अन्य क्षेत्रको पनि पहिचान गरी सहयोग उपलब्ध गराउने योजना रहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .