ad ad

राजनीति


सिंहले गर्जन थालेपछि कोही त्यसको अगाडि पर्ने हिम्मत हुँदैनः प्रचण्ड

सिंहले गर्जन थालेपछि कोही त्यसको अगाडि पर्ने हिम्मत हुँदैनः प्रचण्ड

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ११:४१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको केही काम मात्रै बाँकी रहेको बताएका छन्।

शुक्रबार नेकपा सम्पर्क समन्वय कमिटीद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता प्रक्रियामा हात्ती छिरेर पुच्छरमात्रै बाँकी रहेको बताए। ‘एकता हुँदै हुँदैन कि भन्ने शंका मान्छेहरुले गरेका थिए, हामीले करिब करिब हात्ती छिराइसक्यौँ’, अध्यक्ष प्रचण्डले भने, ‘पुच्छरमात्रै बाँकी छ। सजिलै छिर्छ।

एकता प्रक्रियाले लामो समय लिँदा, पार्टी कमिटीहरु गतिशील नहुँदा त्यसले पार्टीलाई नै क्षति पुगेको उनको भनाइ थियो। ‘१० लाख मान्छे एक वर्ष निष्कृय बस्ने भनेको निकै ठूलो क्षति हो हाम्रा लागि’, उनले भने।

उनले तीन महिनामा टुंगिनु पर्ने एकता १५ महिना लागेरै भए पनि टुंग्याएरै छाडेको उनको दावी थियाो।

लेनिनको कुखुरा र चीलको सन्दर्भमा भनाइको स्मरण गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु चीन जस्तै माथि उड्न पनि सक्ने र जमिनमा खोस्रन पनि सक्ने भएको बताए।

‘चील पनि कहिलेकाही कुखुराजस्तो गरेर जमिनमा आएर खोस्ने गर्दछ तर कुखुरा चील जस्तो कहिल्यै माथि उडान भर्न सक्दैन’, उनले भने ‘कम्युनिस्टहरु चील हुन्, उड्न थालेपछि आकाशको त्यो उचाइमा पुग्छन्, त्यो कहिल्यै झुक्न सक्दैन।’

उनले नेकपाको एकता र ठूलो पार्टी बन्ने परिस्थिति आफ्नै पौरख, मेहेनत र जनतासँगको सम्बन्धका कारण सम्भव भएको उनको भनाइ थियो।

‘अब हाम्रो उडान सुरु भएको छ, अब चीलले जस्तो उडान भर्ने बेला आएको छ। अबको एक वर्षमा नेपाली जनताको एक मात्र पार्टी बनाएर बिश्राम लिइन्छ’, अध्यक्ष प्रचण्डले भने।

उनले नेतृत्व ठूला ठूला उपलब्धि र र क्षतिबाट अगाडि बढ्दै अहिलेको यो नेतृत्व यो ठाउँमा आएको भन्दै अब पनि त्यसै गरी अगाडि बढ्ने बताए। उनले अवको यात्रा कुखुराले खोस्रेजस्तो र स्याल कराएजस्तो नहुने प्रस्ट पारे। ‘हामीलाई के विश्वास छ भने कुखुराहरुले खोस्रो जस्तो या स्यालले कराएजस्तो सिंहको गर्जन हुँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘सिंहले गर्जन थालेपछि कोही त्यसको अगाडि पर्ने परिस्थिति हुँदैन। हामी त्यसैगरी अगाडि बढ्छौँ।’

उनले पार्टी अब घिर्सेर र खोस्रेर नभएर फड्को मार्दै अगाडि बढ्ने दावी गरे। उनले पार्टी एकक ढिक्का भए कसैले मुन्टो उठाउन नसक्ने दावी गरे। ‘१० लाख कार्यकर्ता, ५० लाखभन्दा बढी जनवर्गीय संगठनका सदस्य भएको पार्टी एकपटक एउटै विचार, एउटै मन, एउटै संकल्प, एउटै प्रतिवद्धता गरेर अभियानमा अगाडि गयौँ भने ती भूतप्रेतको हालत के होला?’, उनले भने, ‘ती प्रेतलाई कसरी मन्सिन पर्छ भने हामीलाई राम्रोसँग थाहा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .