ad ad

राजनीति


बागमती प्रदेशमा सभामुखका लागि उम्मेदवारी दर्ता आज, सत्ता गठबन्धनबाट भुवन पाठक उम्मेदवार

बागमती प्रदेशमा सभामुखका लागि उम्मेदवारी दर्ता आज, सत्ता गठबन्धनबाट भुवन पाठक उम्मेदवार

भुवनबहादुर पाठक


नेपालखबर
पुस २८, २०७९ बिहिबार ८:३०, हेटौँडा

बागमती प्रदेशमा सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ।  बिहान साढे बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। यसैगरी आजै दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ।

प्रदेशसभा सचिवालयले आजै अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने छ।

भोलि पुस २९ शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका छ। जसअनुसार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयनका लागि चुनाव हुने छ।

नेपालको संविधानको धारा १८२ को उपधारा १ मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभा सदस्यहरूले आफूमध्येबाट सभामुख गर्नु पर्ने प्रावधान छ। बागमती प्रदेशसभाको दोस्रो कार्यकालको गत १८ गते बसेको पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गरेको थियो। जसअनुसार, बागमती प्रदेशमा भएको सत्ता समीकरणअनुसार सभामुख राप्रपाको भागमा परेको छ। राप्रपाबाट दलका महासचिव भुवनबहादुर पाठकलाई सत्तापक्षले सभामुखमा उम्मेदवार बनाउने भएको छ।

यता नेपाली काङ्ग्रेसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सभामुख माग्ने रणनीतिमा लागेको छ। विश्वासको मत दिएपछि सरकारमा सहभागी हुन कांग्रेसले समेत इच्छा देखाइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .