ad ad

राजनीति


बागमतीको उपसभामुखमा एमालेकी चापागाईं विजयी

बागमतीको उपसभामुखमा एमालेकी चापागाईं विजयी

बागमतीको उपसभामुख बनेकी अप्सरा चापागाईं। तस्बिर : नेपालखबर


नेपालखबर
माघ २, २०७९ सोमबार १८:६, हेटौंडा

बागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाईं विजयी भएकी छन्।

सोमबार प्रदेश सभा सचिवालयमा भएको निर्वाचनमा सत्ता गठबन्धनकी साझा उम्मेदवार चापागाईं निर्वाचित भएकी हुन्। 

तीनजनाको उम्मेदवारी दर्ता भएकोमा चापागाईंले ६१ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन्। 

उपसभामुखका लागि एमालेकी चापागाईं, काङ्ग्रेसकी सुना परियार र नेमकिपाकी गीता काफ्लेले उम्मेदवारी दर्ता गरेका थिए।

निर्वाचित चापागाईं ललितपुरबाट समानुपातिकतर्फ निर्वाचित भएकी हुन्।

उनले एमालेको २७, माओवादीको २१, राप्रपाको १२ र हाम्रो नेपाली पार्टीको २ गरि मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .