ad ad

राजनीति


एमालेको दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित

एमालेको दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित

नेपालखबर
माघ २६, २०८० शुक्रबार ७:४४, दाेलखा

नेकपा (एमाले) दोलखाको अध्यक्ष नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। 

प्रतिस्पर्धी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ। अध्यक्षका अर्का उम्मेदरवार भरत दुलालले ३८ मत मात्रै ल्याएका छन्।

श्रेष्ठ पार्टीको नवौं अधिवेशनको बेला पत्रकारिता क्षेत्र त्यागेर एमालेको जिल्ला उपाध्यक्ष बनेका थिए। 

अन्तिम मतपरिणामअनुसार श्रेष्ठले ३ सय ३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी पोखरेलले २ सय ३८ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपाध्यक्षमा हिराकुमार थोकरलाई ६९ मतले पराजित गर्दै राजेन्द्र मानन्धर विजयी भएका छन्। मानन्धरले ३ सय ३६ मत प्राप्त गर्दा थोकरले २ सय ६७ मत प्राप्त गरेका छन्। 

सचिवमा सोयमबहादुर खड्का विजयी भएका छन्। उनले कृष्णबहादुर बस्नेतलाई २० मतान्तरले पराजित गरेका हुन्। 

खड्काले ३ सय ४ मत र पराजित बस्नेतले २ सय ८४ मत ल्याएका छन। उपसचिव हरि ओली र महिलातर्फ कमला बस्नेत विजयी भएका छन्। खुला र भूगोलतर्फको मतगणना जारी रहेको निर्वाचन समििितले जनाएको छ। 

पदाधिकारीमा निर्वाचित उपसचिव ओलीबाहेक सवै अध्यक्ष श्रेष्ठ प्यानलबाट विजयी भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .