ad ad

राजनीति


एमाले मकवानपुर अधिवेनमा आज निर्वाचन, अध्यक्षमा ४ जनाबीच प्रतिस्पर्धा हुँदै

एमाले मकवानपुर अधिवेनमा आज निर्वाचन, अध्यक्षमा ४ जनाबीच प्रतिस्पर्धा हुँदै

नेपालखबर
जेठ २०, २०८१ आइतबार १२:२३, मकवानपुर (हेटौंडा)

शुक्रबारबाट सुरु भएको नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन जारी छ। अधिवेशन अन्तर्गत आइतबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया हुँदै छ। आज दिउँसो १ बजेबाट मतदान प्रक्रिया सुरु हुने बताइएको छ। 

नयाँ नेतृत्वका लागि शनिबार साँझ ५ जनाले उम्मेदवारी दर्ता गरेकामा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

रघुनाथ खुलालले श्रीधर पोखरेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। त्यसोत, खुलाल र पोखरेललाई बलियो प्रतिस्पर्धीका रुपमा हेरिएकोमा खुलाल स्वंमले पोखरेललाई सर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। 

दुईगुट रहेको एमाले मकवानपुरमा खुलाल डोरमणी पौडेल पक्षका नेता मानिन्छन् भने पोखरेल कृष्ण दाहाल पक्षका हुन्।

बागमती प्रदेशको अधिवेशनमा हार व्यहोरेका दाहाल जसरी पनि जिल्लामा आफू पक्षकै नेतृत्व लिने कसरतमा जुटिरहेका बेला खुलालको उम्मेदवारी फिर्ताले थप ढाडस पाएको छ। 

यस्तै, पोखरेल सहित अध्यक्ष पदका लागि ईन्द्रमान स्याङ्तान, देवराज रिमाल र लालबहादुर थापा रहेका छन्। उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा हिदम लामा, सुनिल मोक्तान, ध्रुब चौलागाई र भरत दुलाल रहेका छन्।

यस्तै, सचिवमा मदन कुमार दाहाल, सीता बिष्ट,र राजन थापा गरी तीन जनाबीच प्रतिस्पर्धा हुँदै छ भने उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्बा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी परेको छ। उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी परेको छ।

जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको हो । कुल ७७७ प्रतिनिधिले मतदान गर्नेछन्।

जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरूबाट सहभागीता रहेको अधिवेशनले १०५ सदस्य जिल्ला कमिटी निर्माण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .