सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले फराकिलो मतान्तर बनाएका छन्।
पछिल्लो मत मरिणाम अनुसार राउतले ३ हजार १६ मत ल्याउँदै विशाल अग्रता बनाउने लक्षण देखाएका छन्।
उता नेकपा एमालेको सहयोग लिएर चुनावी मैदानमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने ११ सय ७० मत मात्र पाएका छन्।
यहाँ राउत र यादवबीच १८ सय ४६ मतको अन्तर देखिएको छ।
त्यस्तै यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर ६६१ मतसहित तेस्रो स्थानमा छन्। उनलाई यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सघाएका थिए।
120
Shares
प्रतिक्रिया