सिरहाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टीसँगको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठले जारी मतगणनामा अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणामअनुसार उनले दुई हजार आठ सय ७६ मत प्राप्त गरेका छन्।
त्यसैगरी जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले छ सय ५६ मत प्राप्त गरेका छन्।
एमाले नेता श्रेष्ठ २०७४ सालको निर्वाचनमा त्यही क्षेत्रबाट निर्वाचित भएका हुन्।
वि.सं. २०७० सालको संविधानसभाको निर्वाचनमा उहाँ सिरहा–५ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका थिए।
126
Shares
प्रतिक्रिया