काठमाडौं क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल विजयी भएका छन्। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउँदै विजयी बनेका नेता पौडेलले जित निकालेका हुन्।
उनी नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजार ६५ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
गत आइतबार सम्पन्न मतदानमा यहाँ ४५ हजार ९८७ मत खसेको थियो।
जसमध्ये पौडेलले १५ हजार २३७ मत र पोखरेलले १० हजार १७२ मत पाएका छन्। विजयी भए लगत्तै पौडेलका समर्थक र कार्यकर्ताहरुले अबिर माला लगाइदिएका थिए।
विजयपश्चातका केही तस्बिरः
51
Shares
प्रतिक्रिया