सुरुवाती मतगणनादेखि नै पछि पर्दै आएका नेकपा एमालेका सचिव योगेश भट्टराईले बुधबार बिहानदेखिआश्चर्यजनक पुनरागमन गरेका छन्।
मतगणना बाँकी रहेको ताप्लेजुङको फुङलिङ नगरपालिकाका ५ वटा वडामध्ये सकिएका तीनवटामा उल्लेख्य मतान्तर कायम गरेपछि उनी विजयको सन्निकट पुगेका हुन्।
ताप्लेजुङबाट पत्रकार मनमणि काफ्लेले दिएको जानकारी अनुसार पछिल्लो गणनामा भट्टराईले २१ हजार ३ सय ८३ मत प्राप्त गरेका छन्।
माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार १ सय ८४ मत हासिल गरेका छन्।
अग्रता हासिल गरेका भट्टराई तथा उनलाई पछ्याएका बुढाक्षेत्रीबीचको मतान्तर १ सय ९९ रहेको छ।
जानकारी अनुसार मतगणना भइरहेको ५ नं वडामा पनि भट्टराई बलियो देखिएका छन्।
‘यी दुई वडामा पनि भट्टराईको स्थिति सबल देखिन्छ’ पत्रकार काफ्लेले भने, ‘तीब्र प्रतिस्पर्धा हुँदापनि १ सय ९९ मतको अन्तर रहेकाले भट्टराई विजयोन्मुख हुनुहुन्छ।’
Shares
प्रतिक्रिया