मतगणनाको सुरुदेखि नै पछि परेका नेकपा एमालेका सचिव योगेश भट्टराईले अन्तिममा पुनरागमन गर्दै ताप्लेजुङबाट दोस्रो पटक संसद यात्रा तय गरेका छन्।
लगातार पछि परेका उनी फुङलिङ नगरपालिका क्षेत्रको मतगणना हुन थालेपछि अग्रता बनाउँदै अन्तिममा परिणाम आफ्नो पक्षमा पार्न सफल भएका हु्न्।
भट्टराईले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीसँग कडा प्रतिस्पर्धाबीच परिणाम आप्नो पक्षमा पारे।
भट्टराईले दोस्रो कार्यकाल संसद यात्रा तय गर्ने क्रममा २१ हजार ९४३ मत ल्याउन सफल भए। उनीसँग पराजित माओवादीका बुढाक्षेत्रीले २१ हजार ७३५ ल्याउन सफल भए। उनीहरु दुईजनाबीच २०८ मतको फरक रह्यो।
अन्तिमा योगेशले फुङलिङ नगरपालिकाबाट अग्रता बनाएका थिए। फुङलिङ नगरपालिकाबाट बुढाक्षेत्रीलाई निर्णायक रुपमा पछि पारेर विजय हासिल गर्ने भट्टराईको अपेक्षाले मूर्तरुप लिएको हो।
अन्तिममा गणना गरिएका फुङलिएका ४, ५, ६, ७ र ८ वडाबाटै योगेशले नतिजा आफ्नो पक्षमा पारे।
भट्टराई विजयी भए पनि निर्वाचन अधिकृतको कार्यालयले यसको अन्तिम औपचारिक घोषणा गरिसकेको छैन।
Shares
प्रतिक्रिया