रौतहट–४ को प्रदेशसभा (क)मा माओवादी केन्द्रका युवराज भट्टराई विजयी भएका छन्।
एमालेका अखिलेश्वर चौधरीलाई पराजित गर्दै भट्टराई मधेश प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।
माओवादी केन्द्र रौतहटका ईन्चार्जसमेत रहेका भट्टराईले १२ हजार २७० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी चौधरीले ८ हजार ७७७ मत मात्रै प्राप्त गरेका छन्।
यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले ७ हजार ७४६ प्राप्त गरेका छन्।
69
Shares
प्रतिक्रिया