काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले मतगणनाको अन्तिमतिर आउँदै गर्दा अग्रता बनाउन सफल भएका छन्।
सुरुदेखि निरन्तर पछि परेका उनले अहिले एक हजार ९८ मतको अग्रता बनाउन सफल भएका हुन्।
मतगणनाको सुरुदेखि नै उनी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंसँग निरन्तर पछि परेका थिए। तर अब उनले २२ हजार ८१२ मतसहित अग्रता बनाएका हुन्।
त्यहाँ कांग्रेसका हुमागाईँ अहिले २१ हजार ७१४ मतसहित बाँस्कोटालाई पछ्याइरहेका छन्।
त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ६ हजार ४ सय ४९ मतसहित तेस्रो स्थानमा छन्।
त्यस्तै काभ्रे १ मा पनि नेकपा एमालेका रेशमबहादुर लामाको अग्रता यथावत छ। त्यहाँ उनले १० हजार ४२८ मत बनाउँदे अग्रता बनाएका छन्।
अर्कातिर सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सूर्यमान तामाङ (दोङ) ले ८ हजार १९२ मत ल्याउन सफल भएका छन्।
यो क्षेत्रत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका बसु नारायण श्रेष्ठले पनि ४ हजार ३२८ मत ल्याइसकेका छन्।
Shares
प्रतिक्रिया