भोजपुरबाट प्रदेशसभा सदस्यमा मुख्यमन्त्री राजेन्द्रकुमार राई निर्वाचित भएका छन्।
प्रदेश १ का मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका सचिवसमेत रहेका उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई ३८७७ मतले हराए।
भोजपुर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राईले १६ हजार ११० मत प्राप्त गरे। पराजित भएका एमालेका हरि राईले १२ हजार २२३ मात्र मात्रै ल्या।
291
Shares
प्रतिक्रिया